नेपाल इन्फ्रास्ट्रक्चर बैंक सम्मानीत

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक सम्मानीत भएको छ । बैकलाई आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा आयोजित नवौं राष्ट्रिय कर दिवस २०७७ को कार्यक्रममा उक्त कार्यालयले आफ्नो क्षेत्राधिकारका करदातामध्ये आ.व.२०७६/७७ मा सबै भन्दा बढी आयकर बुझाए बापत बैंकलाई सम्मान–पत्रप्रदान गरेको हो ।

उक्त सम्मान–पत्र आन्तरीक राजश्वकार्यालय नयाँ बानेश्वरका प्रमुख कर अधिकृत नरेन्द्र प्रकाश पाण्डेयले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका हुन । नवौं राष्ट्रिय कर दिवस २०७७ विशेष कार्यक्रममा उक्त कार्यालयले आफ्नो क्षेत्राधिकारका करदातामध्ये आ.व.२०७६/७७ मा सबैभन्दा बढी आयकर बुझाउने बैक मध्ये उक्त बैकलाई सम्मान–पत्रप्रदान गरी कदर गरेको हो ।

दीर्घकालिन स्रोत संकलनमार्फत देशको पूर्वाधार विकासका परियोजनामा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापनाभएको बैंकले गत ३ मंसिरमा दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरी नियमनकारी निकायको स्वीकृति पश्चात निष्काशनहुने गरी जारी पूँजीको ४० प्रतिशतले हुने जम्मा आठ अर्ब रुपैंयाको शेयर सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया