शाओमी नेपाली बजारमा पुनः पहिलो स्थानमा

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आईडीसीको पछिल्लो वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट¥याकर, तेस्रो त्रैमासिक, २०२० रिपोर्ट अनुसार शाओमीलाई पुनः नेपालको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको घोषणा गरेको छ । सन् २०२० को पहिलो त्रैमासमा ब्राण्डले नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको थियो । यो दोस्रो पटक फेरि पहिलो स्थानमामा आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

हाल युनिट शिपमेन्टमा आधारित ३४ दशमलव १ प्रतिसत बजार सेयर रहेको ब्राण्डले सफलतापूर्वक मी र रेडमी सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै स्मार्टफोन वर्गको लागि नेपालमा शीर्ष स्थान ओगटेको दाबी गरेको छ । शाओमी, नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले सन् २०२० तेस्रो त्रैमासिकको रिपोर्ट अनुसार नेपालको नम्बर १ स्मार्टफोन ब्राण्ड भएकोमा खुसी व्यक्त गरे ।

यो ब्राण्डले विभिन्न मुल्य बिन्दुमा शिर्ष विशेषता भएका स्मार्टफोन सिरिज रेडमी ९ए, रेडमी ९सी, रेडमी ९, रेडमी नोट ९, रेडमी नोट ९ प्रो र रेडमी नोट ९ प्रो म्याक्स सार्वजनिक गरीसकेको छ । शाओमीले उनीहरूको अनलाइन बिक्री साझेदार दराज डट कम र सस्तोडिलसंग काम गरिरहेकी र यो ब्राण्डको व्यापक पहुँचमा ठूलो योगदान पु¥याइरहेको जिकिर गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया