रंग‍-विविध

भारतीय हास्यकलाकार भारती सिंह र उनका श्रीमान् डिसेम्बर ४ सम्म प्रहरी हिरासतमा रहने

सौर्य अनलाइन २०७७ मंसिर ७ गते १६:२० मा प्रकाशित

एजेन्सी । टेलिभिजन प्रसारणका लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागु औषध केसमा गिरफ्तार गरेर मुम्बइमा ४ डिसेम्बर सम्मका लागि न्यायिक हिरासतमा पठाइएको बताइएको छ ।

बीबीसी हिन्दीले नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) काअधिकारीहरूलाई उदृत गर्दै भारती सिंह र उनका श्रीमान् माथि गाँजा सेवन गरेको मामिला रहेको लेखेको छ ।

लागुऔषधसम्बन्धी आरोपमा भारतीय हास्यकलाकार भारती सिंहलाई गिरफ्तार गरिएको एक दिन पछि उनका श्रीमान्‌ हर्ष लिम्बाचिया पनि आइतवार पक्राउ परेका थिए ।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का जोनल निर्देशक समीर वानखेडेले भारती सिंहका श्रीमान्‌ हर्षलाई आइतवार गिरफ्तार गरिएको समाचार संस्था पीटीआईसँग पुष्टि गरेका छन् ।

उनीहरूको घरबाट लागुऔषध गाँजा बरामद गरिएको एनसीबीका अधिकारीहरूले बताएका छन् । यसअघि मुम्बईको अँधेरीस्थित भारती सिंहको घरमा गाँजा भेटिएपछि एनसीबीका अधिकारीहरूले शनिवार उनलाई गिरफ्तार गरेका थिए ।

के छ आरोप ?

एनसीबीका अधिकारीहरूका अनुसार भारती सिंह र उनका श्रीमान्‌माथि गाँजा राखेको विषयमा आरोप छ । एनसीबीले भारती सिंहको घरमा ८६.५ ग्राम लागुऔषध फेला पारिएको जनाएको थियो । उनका श्रीमान् हर्ष लिम्बाचिया पटकथा लेखक हुन् ।

रीयालिटी सो इन्डियाज बेस्ट डान्सर कार्यक्रम चलाउने यी दम्पतीलाई सोधपुछका लागि भन्दै पक्राउ गरिएको विवरणहरूमा जनाइएको छ ।अधिकारीहरूका अनुसार मनोरञ्जन उद्योगमा हुने भनिएको अवैध लागुऔषधको प्रयोग बारेको अनुसन्धान अन्तर्गत नै यी दम्पतीको घरमा छापा मारिएको हो ।

गत जुन महिनामा मृत्यु भएका बलिवूड नायक सुशान्त सिंह राजपूतसँग सम्बन्धित घटनाबारे अनुसन्धान भइरहँदा थुप्रै कलाकारमाथि यसअघि पनि एनसीबीले सोधपुछ गरिसकेको छ ।

३४ वर्षीय राजपूत गत जुन १४ तारिखमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत अवस्थामा फेला परेका थिए । त्यतिबेला प्रहरीले उनले आत्महत्या गरेको जनाएको थियो । – बीबीसी

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय