अस्पतालहरुको मनपरी अझै रोकिएन, डिभाईनमा उपचाररत २७ वर्षीया महिलाको मृत्यु

लहान । लहानमा च्याउसरी खोलिएका अस्पतालहरुको मनपरी अझै रोकिएको छैन । अनुमती नै नलिई खुलेका यहाँका अस्पतालहरुमा उपचार गराउन आएकाहरुको ज्यान नै जाने हुँदा पनि सम्बन्धित निकायले यसप्रति खासै चासो दिएका छैनन् ।

यस्तै गएराती लहानको डिभाईन केयर अस्पतालको लापरबाहीले उपचाररत एक महिलाको मृत्यु भएको छ । डेलिभरीको लागि गएराती डिभाईनमा भर्ना भएकी सिरहाको सुखिपुर बैशखाकी २७ वर्षीया आरती साहको डिभाईनमा कार्यारत डाक्टरहरुको लापरबाहीका कारण मृत्यु भएको हो ।

लहान १४ निवासी मृतकका भाई राजेश कुमार साहले ब्याथाले च्यापेपछि गएराती आरतीलाई डिभाईनमा भर्ना गरिएको जानकारी दिए । ‘डिभाईनको लापरबाहीले मेरो दिदिको मृत्यु भयो’, राजेशले भने । मृतक आरतीको एक ७ वर्षीय छोरा छन् ।

लहानमा खुलेका सबैजसो निजी अस्पतालहरुले स्वस्थ्य उपचारका नाममा लापरबाही गर्ने गरेको बिगतका घटनाहरुले पनि पुष्टि गर्दै आएको छ । तर, सम्बान्धित निकायले न त छानबिन गरेको छ, न त कसैलाई कारबाही नै । यसले गर्दा यहाँका जनता पीडित छन् ।

प्रतिक्रिया