‘चाहेको’ लिएर आए यी कलाकार (भिडियो)

काठमाडौं । गायक प्रशान्त मिस्टको एउटा नयाँ गीत ‘चाहेको’ सार्वजनिक भएको छ । उक्त गीतमा गायक निर्णय एन.एस.के, प्रशान्त मिस्ट र टिना शेर्पाको स्वर रहेको छ । गीतमा कम्पोज तथा लिरिक्स र संतिग निर्णय एन.एस.केको रहेको छ ।

गीतको भिडियोमा मिस नेपाल प्लानेट २०२० नैना खड्गी, मिस टिन नेपाल २०२० निकी कार्की, इन्टा चामलिङ, विपना सिवाकोटी र इस्टर तामाङको अभिनय देख्न सकिन्छ । गीतको भिडियो निर्णय एन. एस. के ले सम्पादन तथा निर्देशन गरेका छन । बसन्त मर्हजनले भिडियो खिचेका हुन ।

 https://youtu.be/zpsS-6fTbOI 

 

प्रतिक्रिया