वल्र्डलिंक र आईमार्क सम्मानित

काठमाडौं । वल्र्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्सले वल्र्डलिंक कम्युनिकेसन लिमिटेड र आइमार्क प्रालिलाई विस्टा ग्लोबल आईसीटी एक्सीलेन्स मेरिट अवार्डबाट सम्मानीत भएको छ । मलेसियामा भइरहेको टेकफेस्ट लाइव एक्स रोड–टु डब्ल्यूसीआईटी मलेसिया २०२० को दोस्रो दिन विस्टाले वल्र्डलिंकलाई डिजिटल अपर्चुनिटिर इन्क्लुजन अवार्ड र आइमार्कलाई कोभिड–१९ वेस्ट इन्ड्रस्ट्री सोलुसनबाट सम्मानित गरेको हो ।

विगत २० वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दै आएको ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड कार्यक्रम कोभिड–१९ महामारीका कारण यो वर्ष भर्चुअल माध्यमबाट गरिएको थियो । विश्व बैंकका सिनियर डिजिटल डेभलपमेन्ट स्पेस्लिस्ट ओलेग पेट्रोव, डिजिटल ट्रेड नेटवर्कका जेनेभा प्रतिनिधि निक एस्टन–हार्टलगायत सात सदस्यीय छनोट समितिले विश्वका विभिन्न मुलुकबाट प्राप्त सयौं आवेदनबाट ४१ निजी कम्पनी तथा सार्वजनिक संस्थालाई अवार्डका निम्ति छनोट गरेको हो ।

नेपालको सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विशेष योगदान गरेबापत वल्र्डलिंक सो पुरस्कारबाट सम्मानित भएको हो । वल्र्डलिंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत करिब ८ हजार ५ सय ५० ठाउँवाट निःशुल्क वाईफाई सेवा दिँदै आएको छ भने, दैनिक करिब १ लाख ५० हजार जनाले सो सेवा लिइरहेको छ ।

कोभिड–१९ को महामारीसँग लड्न सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा पु¥याएको योगदानका निम्ति आइमार्क प्रालिले सो पुरस्कारबाट सम्मानित भएको हो । आइमार्कले पायोनियर एसोसियट्स र आईडियल कन्सर्नसँगको सहकार्यमा नेपाल सरकारका निम्ति कोविद एनपी कन्ट्याक ट्रेसिन्ग मोबाइल एप्लिकेसन बनाएको थियो भने, कोभिड–१९ र यसको रोकथाम उपायबारे सिक्न सर्वसाधारण र स्वास्थ्यकर्मीका निम्ति वेबमा आधारित प्लाटफर्म उपलब्ध गराएको थियो ।

प्रतिक्रिया