नेकपाको सचिवालय बैठक मंसिर १३ गते पुनः बस्ने गरि सकियो

काठमाडों । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय सकिएको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सचिवालयमा आफ्नो प्रस्ताव पेश गर्ने भएका छन् ।

आज बालुवाटारमा बसेको सचिवालय बैठकमा उनले आफ्नो तर्फबाट पनि प्रस्ताव राख्ने जानकारी दिए । अर्का अध्यक्ष पुश्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तर्फबाट सचिवालयमा प्रम अनेलीलाई विभिन्न आरोप लगाउँदै प्रस्वात पेश गरेका छन् भने ओलीले अहिलेसम्म आफ्नो तर्फबाट प्रस्ताव पेश गरेकेका छैनन् ।

यसभन्दा अगाडि २८ गते कात्तिकमा बसेको सचिवालय बैठकमा अध्यक्ष दाहालले एक्लै राजनीतिक प्रस्ताव र पत्र पेश गरेका हुन् । जसले नेकपाभित्रको शक्ति संघर्ष झन् चुलिएको थियो ।

अब दुवै अध्यक्षको प्रस्तावमा अर्को बैठकमा छलफल गर्नेगरी आजको बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए । आज दिउँसो १ बजेबाट सचिवालय बैठक सुरु भएको थियो ।

अबको नेकपा सचिवालयको अर्को बैठक पुनः १३ गते मंसिरमा बस्ने गरि आज सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार १३ मंसिरको बैठकमा दुवै अध्यक्षको प्रस्तावमाथि छलफल हुने र पार्टीभित्र भएको विभिन्न विवाद समाधानको प्रयास गरिने उनको भनाइ छ ।

प्रतिक्रिया