फूलबाट आम्दानी गर्दै गृहिणी

महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता घरआँगनमा शोभाका लागि लगाइएको फूलबाटै यहाँका गृहिणीहरूले राम्रो आम्दानी गर्न थालेका छन् । तिहारअघि फूल खोज्दै बस्तीरबस्ती पस्ने व्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुसी थपिएको छ । ‘यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइनँ,’ आफ्नै घरआँगनका डिलमा ढकमक्क देखिने सयपत्री र मखमली फूल देखाउँँदै जिल्लाको बर्दिबास नगरपालिका–२ की गृहिणी बृन्दा अधिकारीले भनिन्, ‘फूल बोटको तीन हजार मोल दिने भनेर बैना समातेको उनले बताइन् ।

यसरी घर वरिपरि सजावटका लागि रोपिएका फूलबाटै थैली भरिन लागेपछि यहाँका सर्वसाधारण गृहिणी व्यावसायिक रूपमै पूmल खेती गर्ने टुंगोमा पुगेका छन् । यो वर्ष तिहार सुरु हुनपूर्व नै आफ्नो घर करेसामा फुलेको पूmल किन्न ग्राहक र व्यापारीको घुइँचो लागेपछि अबचाहिँ पूmल खेती ब्यावसायिक रूपमै गर्ने गृहिणीको रहर जागेको हो । तिहारका बेला सोच्दै नसोचेको आम्दानी घरघरै आएका व्यापारीले दिएपछि सर्वसाधारण गृहिणी अहिले दंग छन् ।

‘तिहारमा फुल्नेगरि जति फूल खेती गरे पनि हुने रहेछ,’ बर्दिबास–५ की गृहिणी पूmलमाया ब्लोनले भनिन्, ‘यो आँगनको डिलमा ४०।५० बोट सयपत्री होलान्, मलाई त एकजना व्यापारीले चार हजार रुपैयाँ दिन्छु भनेर बैना दिएर गाएका छन् ।’ आयआर्जनका लागि नभई शोभाका लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अबचाहिँ तिहार लक्षित पूmलखेती गर्ने टुंगोमा पुगेको पूmलमायाको भनाइ छ ।

घर करेसा वरिपरि शोभाका लागि लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी दुई, चार हजार रुपैयाँ आम्दानी बनाइदिएको घरायसी काममै ब्यस्त रहने गृहिणी महिलाले बताएका छन् । तिहारकै लागि पूmल खोज्दै आएका व्यापारी र अरू ग्राहकले आफ्ना ३०,३५ जति बोटका सयपत्री फूलको तीन हजार दिन्छु भनेका जिल्लाकै भंगाहा–४ की गृहिणी दीपमाया श्रेष्ठले बताइन् । करेसाकै फूलका बोटबाट दीपमायाले तीन हजार रुपैयाँ पाउने देखेपछि छिमेकका अरू गृहिणीले पनि अब व्यावसायिक रूपमै फूल खेती गर्ने निर्णय गरेका छन् ।

अहिले फूल खोज्ने ग्राहकको जिल्लाका गाउँ, नगर बस्तीमा लर्को नै लागेको छ । तिहारले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिन थालेपछि अब प्रत्येक वर्ष तिहारमा उत्पादन लिनेगरि फूल खेती गर्न आफ्नो बस्तीका कतिपय गृहिणी अग्रसर देखिएका भंगाहा–६ हतिसर्वाकी राजवती थारूले बताइन् ।

जिल्लामा फूलको व्यावसायिक खेती निकै विस्तार नभए पनि अब यसको सम्भावना बढेको कृषि विज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरी आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती सुरु गरिए जिल्लामा आयआर्जनको थप बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले बताए । किसानले फूल खेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बिउ माग गरे उपलब्ध गराइने केन्द्रले जनाएको छ ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा भए पनि विगत केही वर्षयता व्यावसायिक रूपमै फूल खेती गर्दै आएका छन् । बनौटा र पडौलका किसानले आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै लाने गरेका बताएका छन् । यी बस्तीमा उत्पादित पूmलको गुणस्तर राम्रो भएकाले व्यापारीको रोजाइमा पर्ने गरेको किसानको भनाइ छ । यहाँ उत्पादित पूmल राजधानी काठमाडौंसहित विभिन्न सहरमा पुग्ने गरेको किसान र कृषि विज्ञले बताएका छन् ।

तराईमा विवाहमा दुलहा चढ्ने गाडी सजाउन पूmलका मालामा निकै खर्च गर्ने चलन बाक्लिएको छ । जिल्लाकै पूmल व्यापारीहरू भन्छन्, ‘विवाहका लगन बाक्लिएसँगै पूmलको माग बढ्छ, त्यस्तो बेला वरिपरि नै पूmल पु¥याउन धौ–धौ पर्छ, अरू बेला राजधानीतिर पठाइन्छ ।’ विशेषगरी तिहार लगायतका पर्वमा फूल खोज्नेहरूले मोलमोलाई नगरिकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिनेगरी फूल खेती गर्न आफ्नो बस्तीरटोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएको भंगाहा–६ हतिसर्वाकी राजवती थारूको भनाइ छ ।

पछिल्लोपटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बिउ संकलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको संख्या बढ्दै गएको छ । फूलखेतीबारे रुचि देखाउनेमा महिलाको संख्या अधिक रहेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया