कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं

गलकोट । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत थप उपचारको लागि आज बिहान काठमाडौं लगिएको छ ।

यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना भएकी बागलुङ नगरपालिका–४ की ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारको लागि काठमाडौं लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिए । उनलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो । संक्रमितलाई काठमाडौं हयाम्स अस्प्तालमा लगिएको हो ।

प्रतिक्रिया