सिद्धार्थ बैंकको पशुपालन कर्जा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउने उद्देश्यका साथ १० करोडसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्न ‘व्यावसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी देशमा उत्पादन एवं रोजगारी अभिवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको हो ।

कृषि क्षेत्रको विकासमा मध्यनजर गर्र्दै बैंकले प्रवाह गर्ने यस कर्जा सुविधाले ग्राहकलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढी हौसला पुग्ने र कृषि क्षेत्र विस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने विश्वास बैंकको रहेको छ ।

सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीचको सहकार्यमा ग्राहकसमक्ष ल्याइएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।

प्रतिक्रिया