सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ ।

आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु ९५ हजार र तेजाबी सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले वृद्धि भई एक हजार २१० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया