जगरनाथपुरमा नेकपाको सपथ ग्रहण कार्यक्रम सम्पन्न

पर्सा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जगरनाथपुर गाउँपालिका कमिटीको आयोजनामा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।

जिल्लाको उक्त गाउँपालिकामा आयोजित सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, प्रदेश सह ईन्चार्ज एवं पूर्वमन्त्री विश्वनाथ साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि साहले पालिकाका ५८ जना पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिले सम्बोधन गर्दै नेकपा पार्टी नफुटेको अब झन बलियो भएको नेता तथा कार्यकर्ताहरुलाई विश्वास दिलाए । ‘बिपक्षिहरुले नेपाल कम्युनिष्ट पार्टीमा दुई पक्ष छ भन्दै प्रचार गरिरहेको छ, तर नेकपा फुटेको छैन’, उनले भने । त्यसबारे आफ्ना नेता तथा कार्यकार्ताहरुलाई जानकारी गराउँदै उनले सो कुरा बताए ।

पार्टीमा समान्य समस्या आउन सक्ने भन्दै उनले भने, ‘पहिला म प्रदेश ईन्चार्ज थिएँ, तर पार्टीले मलाई प्रदेश सह ईन्चार्ज बनायो, सह ईन्चार्ज भएर पनि नेपाल कम्युनिष्ट पार्टीमा रहेर नियम नीतिमा चलिरहेको छु ।’ उनले सबै कार्यकर्ताहरुलाई पहिलाको कमी कमजोरीहरु त्यागेर ईमानदारीपूर्वक नेपाल कम्युनिष्ट पार्टीको नियम नीतिमा चल्न आग्रहसमेत गरे ।

सपथ ग्रहण कार्यक्रममा शुभकामना मन्तब्य नेकपाका जिल्ला अध्यक्ष प्रभु हजारा, संविधान सभा सदस्यहरु जयप्रकाश थारु, राजकुमार गुप्ता, जुनैद अन्सारी, नगर अध्यक्ष दिनेश राई, जगरनाथपुर गापाका अध्यक्ष जालिम मियाँ, छिपहरमाई गापाका अध्यक्ष मनोज कुमार गुप्ता, पूर्व सभासद रामेश्वर राम, जिल्ला सदस्य बाबुराम कौशिक, प्रदेश सदस्य रामबाबु बैठा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रम जगरनाथपुर गापा कमिटीका अध्यक्ष मदिस मियाँको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा सांसद शेख चाँदतारा , नेकपाका नेता बसुरुदिन अंसारी, बालगोपाल थापा, जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुर न्यौपाने, पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटा, जिराभवानी गापाका उपाध्यक्ष उषा चौधरी, प्रदेश सदस्य योगेन्द्र साह, बलिराम साह, युवा नेता तेजप्रताप निषाद, देवकोटा, बिजयबस्तीका पूर्व गाबिस अध्यक्ष लालबहादुर श्रेष्ठ, नेकपा ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ ,जिराभवानीका अध्यक्ष शशिकपुर थारु, नेकपा छिपहरमाई गापा कमिटिका अध्यक्ष पहलाद गुप्ता, धोबिनी गापाका अध्यक्ष मजिद मियाँ, बिनोद साह कानु, नेकपाका युवा नेता सुरेश कुमार पटेल, नेकपा धोबिनीका उपाध्यक्ष हरि पटेल, शम्भु पाल, अबास मियाँ, लालबाबु पटेल, दारिफ मियाँ लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया