देशभर आज थपिए ३ हजार ९३ जना संक्रमित, निको हुने २ हजार १०८

काठमाडौं । मंगलबार देशभर ३ हजार ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज २ हजार ९३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ । पछिल्लो पटक मंगलबार ३ हजार ९३ जना संक्रमित थपिएका हुन् । यसैगरी ९६ हजार ६०९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार १०८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यसैगरी काठमाडौं उपत्यकामा पनि १ हजार ६०२ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार ४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरि जम्मा १ हजार ७०२ जना संक्रमित थपिएका हुन् । यही संक्रमित मध्येबाट ७६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया