महोत्तरीमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

सर्लाही । जिल्ला प्रशासन कार्यालय महोत्तरीका कर्मचारीहरुमा कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिन थालेपछि कार्यालयले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले जानकारी दिए ।

प्रजिअ कट्वालका अनुसार, कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएको छ । संक्रमण फैलन नदिन तथा लक्षण देखिएका सम्भावित कर्मचारीहरु निको नहुन्जेल सम्मका लागि ठाडो निवेदन, उजुरी, मुद्दा, शान्तिसुरक्षा, विपद् व्यवस्थापन तथा हातहतियार नवीकरण जस्ता अत्यावश्यकीय सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको उनले बताए ।

केही दिनदेखि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता, पासपोर्ट, मधेशी प्रमाणित तथा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरुको भीडभाड देखिने गरेको थियो ।

प्रतिक्रिया