‘एउटा यस्तो प्रेम कहानी’ को टिजर

काठमाडौं । अभिनेता शिव श्रेष्ठ प्रस्तुकर्ता रहेको चलचत्रि ‘एउटा यस्तो प्रेम कहानी’ को टिजर सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा चलचित्रका विशेष दृश्यलाई देखाइएको छ । चलचित्रमा अभिनेता श्रेष्ठका छोरा शक्ति र अभिनेत्री करिश्मा मानन्धरको छोरी कविताको मुख्य भूमिका रहेको छ । दिपेश सापकोटाले निर्देशन गरेको यस चलचित्रमा सामाजिक विषयलाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

अभिनेता शक्ति र अभिनेत्री कविताको यो डेब्यु फिल्म हो । यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेको यो चलचित्र फिस्टेल मुभिजको ब्यानरमा बनेको हो । चलचित्रमा शक्ति र कविताका साथै अभिनेता शिव श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की, बसुन्धरा भुषाल, मिथिला शर्माअभिनेता आयुष्मान देशराज जोशी, बर्षा राउत, संजोग कोइराला लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया