नेकपा हुम्लालाई छकबहादुर लामाले उपलब्ध गराए नयाँ पार्टी कार्यालय

हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले सिमकोटमा आफ्नो नयाँ पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीको कार्यालय सांसद छकबहादुर लामाले उपलब्ध गराएका हुन । शनिबार आयोजित कार्यक्रममा सांसद लामाले कार्यालयलाई पाठशालाका रुप दिनाका साथै सङ्ख्यात्मकभन्दा गुणात्मक क्षमता बढाउनुपर्नेमा जोड दिँदै कुनै गुटउपगुटमा नलागी विकासलाई अगाडि बढाउनुपर्ने बताए । पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज विजय भण्डारीले गडगडाउने खोला सफा हुने र पोखरी धमिलो हुने बताउँदै जीवित पार्टीमा विवाद स्वाभाविक भएको विचार राखे ।

नेकपाका जिल्ला अध्यक्ष लालकेश जैसीले सङ्घीयता, गणतन्त्र र राज्य पुनःस्थापनाका निम्ति हुम्लाबाट बलिदान दिएका १११ जनाको अधुरा सपना पूरा गर्न सबैलाई आग्रह गरे । अलगअलग पार्टी कार्यालयलाई एकीकृत गर्ने गरी नियमित सञ्चालन गर्ने, दुवै पार्टीका नाममा वा स्वामित्वमा रहेका सम्पत्ति एकीकृत गर्ने, दुवै पार्टीको सदस्यता वितरण र अभिलेखलाई अद्यावधिक गरी प्रदेश कार्यालयमा पठउनेलगायत काम गरिने पार्टी कार्यालय सचिव कमल बोहराले जानकारी दिए ।

प्रतिक्रिया