नबिल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) अनिल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार पीसीआर परीक्षण गर्दा आफूमा कोरोना संक्रमण देखिएको उनले बताएका छन्।

गत बुधबार आफूले स्वाद गन्धहरु पाउन छाडेपछि परीक्षण गर्दा संक्रमण नदेखिएको तर पनि आफूलाई आशंका लागेका कारण आइसोलेसनमै बसेको उनले जनाएका छन्। शनिबार पुनः परीक्षण गर्दा भने कोभिड–१९ देखिएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। ‘तपाईंहरुको शुभेच्छा र प्रार्थनाबाट छिट्टै कोरोना परीक्षण नेगेटिभ आउने आशा गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया