रमाएर बाँच्ने वैज्ञानिक सूत्रहरू

मिलन आफन्त

मनोरञ्जन : प्रसन्नता र मनोरञ्जनले मानिसको आन्तरिक योग्यता तथा शक्ति व्यक्त हुने अवसर प्राप्त हुन्छ । मानिसलाई कहिल्यै पनि उसको अवगुण हेरेर दुःख दिनु हँुदैन । त्यसले गर्दा उसको मन प्रसन्न हुन सक्दैन । बरु मानिसलाई उसको गुणको चर्चा गरेर प्रसन्न पार्नु पर्दछ । यस्तै मनोरञ्जनले पनि मानिसमा आनन्द आउने गर्दछ र ऊ रमाएर बाँच्न सक्दछ । त्यसैले प्रसन्नता र मनोरञ्जनलाई रमाएर बाँच्ने एक वैज्ञानिक सूत्र मानिएको हो ।

नम्र व्यवहार : मानिसहरूले एकआपसमा मधुर एवं प्रेमपूर्ण व्यवहार गर्नु पर्दछ, यसैलाई नम्र व्यवहार भनिन्छ । नम्र व्यवहारले मानिसहरू बीच सामिप्यता बढाउँछ र रमाएर बाँच्न सिकाउँछ । हामीले मानिसलाई होच्याएर बोल्नु हँुदैन । हामीले आफ्नो नम्र व्यवहारले मानिसमा निराश र थकानको सट्टा आशा तथा उत्साह, शंकाको स्थानमा आत्मविश्वास र भयको बदलामा साहास तथा स्वतन्त्रताको वीजारोपण गर्नुपर्दछ तब मात्र मानिसले सोचेको प्रगति गर्न सक्दछ र सभ्य एवं भव्य समाजको निर्माण हुन्छ ।

प्रोत्साहन : हामी मानिसहरूले एकअर्काको कामप्रति प्रोत्साहन गर्ने बानी बसाल्नु पर्दछ । जब मानिसले कुनै राम्रो तथा प्रशंसनीय काम गर्दछ, तब त्यस्ता व्यक्तिको खुलेर प्रोत्साहन र सराहना हुन्छ । निरुत्साहित गर्ने बानीले मानिसलाई साहासहीन र डरपोक बनाउँछ । प्रोत्साहनले मानिसमा नयाँ ऊर्जा प्रदान गर्दछ र मानिस रमाएर बाँच्न सक्दछ । क्रोध, आलोचना र चित्कारले मानिसको हृदयमा कहिल्यै पनि असल र सद्विचार उत्पन्न गर्न सक्दैन । तसर्थ पनि हामी सबैले मानिसको सकारात्मक पक्षको प्रोत्साहन गर्नुपर्दछ ।

आदर्शजीवन : हाम्रो जीवनले आफ्नो आदर्शको अनुशरण गर्दछ । हामी त्यही बन्दछौँ, जे बन्ने हाम्रो हृदयमा इच्छा लुकेको हुन्छ । यदि हामी सदा उच्च, महान तथा सुयोग्य बन्ने इच्छा गर्दछांँ र यथाशक्ति त्यसका लागि सचेत रहन्छौँ भने हाम्रो स्थितिमा उन्नति असम्भव छैन । एकपटकको जीवन हामीले आदर्श व्यक्ति बनेर जीउनु पर्दछ । समाजमा राम्रो काम गरेर सबैको उदाहरण बन्नुपर्दछ । यस विश्वमा कोही राजनीतिकर्मी, कोही कलाकार, कोही लेखक, कोही वैज्ञानिक बनेर आदर्श जीवन विताइरहेका छन् । आदर्श जीवनलाई सबैले सम्मान गर्दछन् । सम्मानले जीवनलाई खुसी पार्दछ र रमाएर बाच्न सिकाउँछ ।

विनम्रता : विनम्र व्यक्तिलाई सबैले मनपराउँछन् । विनम्र व्यक्तिलाई जति दुःखदिऔ वा जति दोष निकालौँ तर ऊ सदैव प्रसन्न रहन्छ । उसलाई क्रोध उत्पन्न हँुदैन । विनम्रता कुनै पनि व्यक्तिमा अत्यन्तै अत्यावश्यक गुण हो । विनम्रताले भरीपूर्ण व्यक्तिको सबैले संगत गर्न चाहन्छन् । सन्की, निराशावादी मानिसलाई जीवनमा थोरै मात्र सुख प्राप्त हुन्छ । विनम्र मानिस सदैव स्वस्थ्य रहन्छ । यस्ता व्यक्ति अरूको प्रिय पनि बन्दछ । सधैँ विनम्र भावले मुस्कुराइरहने व्यक्तिले अरूको जीवनमा पनि सुःख र शान्ति ल्याउन सक्दछ । विनम्रता मानिसको जीवनको सबैभन्दा ठूलो खुराक हो । विनम्र भावको व्यक्ति मात्रै खुसीका साथ रमाएर बाँच्न सक्दछ ।

सफलताको रहस्य : संसारको दृष्टिमा केही बन्नका लागि दृढ संकल्पको साथ कार्य आरम्भ गर्नु पर्दछ । हामीले यस्तो काम गर्नु पर्दछ, जसले हामीलाई आनन्द दिन्छ, हाम्रो सामथ्र्य एवं योग्यताको प्रगति हुन्छ । यो सफलताको रहस्य पनि हो । ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भने भैmँ आफैं अत्यन्तै सफलताले भरिपूर्ण काम गरेर संसारमा उदाहरणीय बन्नुपर्दछ । तब मात्र हाम्रो जीवन सफल हुन्छ र सबैको उदाहरणको पात्र हुन सक्दछौँ र हाम्रो सफलताको रहस्यलाई सबैले अनुशरण गर्दछन् ।

दायित्वको अनुभव :  हामीलाई आफ्नो आन्तरिक तथा वास्तविक शक्तिको ज्ञान त्यस समय हुन्छ, जब फिर्ता असम्भव छ, पछि हट्ने सारा मार्ग अवरुद्ध छ र हामीलाई कहीँबाट बाहिरी शक्ति प्राप्त हुन सक्दैन । जबसम्म तपाईंलाई कुनै काम गर्न अवसर दिइँदैन या जबसम्म तपार्इंलाई विवशताको स्थितिमा कुनै कार्य गर्न पर्दैन, तबसम्म तपार्इं बताउन सक्नुहुन्न कि तपाईं के गर्न सक्नुहुन्छ । विश्व इतिहासमा केही यस्ता विभूतिहरूको जन्म भएको छ, जबसम्म उनीहरू आफ्नो व्यक्तित्व, आफ्नो शाहस तथा हिम्मतको अतिरिक्त सबै कुरा गुमाएनन्, तबसम्म उनीहरूमा विपत्तिको पहाड खस्यो, तब उनीहरूले आपूmलाई त्यस परिस्थितिबाट बचाउनका लागि यथाशक्ति हातगोडा खियाउनु प¥यो ।

नियमको पालन : विद्यार्थीले यदि गणितको नियमानुसार प्रश्नको हल गर्दैन भने उसलाई सही उत्तर पाउने आशाहुँदैन । तर, असत्य मानिस यस्ता भेटिन्छन् जसले दिनरात तन्दुरुस्तीको नियमलाई तोड्दछन्, प्राकृतिक नियमको उल्लंघन गर्दछन् र फेरी तन्दुरुस्तीको पनि आशा राख्दछन् । तर यसो हुन सक्दैन । तसर्थ मानव जीवनको नियम पालनको अत्यन्त आवश्यक छ । मानवको प्रत्येक विचार मस्तिष्कको रेकर्डमा रहन्छ, प्रत्येक इच्छा अंकित हुन जान्छ । हामीले हाम्रो स्वास्थ्यलाई ठीक राख्नु पर्दछ । अध्ययन र प्रेक्षण पश्चात हामीले सर्वश्रेष्ठ व्यवहार गर्नुपर्दछ र निर्भीक भएर स्वास्थ्यको बारेमा कुरा गरौँ र तन्दुरुस्तीको आदर्शलाई सर्वथा आफ्नो सामुन्ने राखौँ । ठीक त्यसै प्रकार, जस्तो कानुनको विद्यार्थीलाई प्रत्येक समयमा कानुनको चिन्ता रहन्छ । नियमपालनले नै तपार्इं सफल तथा विजयी हुनुहुनेछ र तपाईंको वरिपरि खुसीको फूल फुल्नेछ ।

सादाजीवन : सादा जीवनले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । जुन मानिसले शरीरलाई वैभवशाली बनाउँछ, त्यसलाई कहिल्यै विश्राम गर्न दिँदैन उसको जीवन कठिन हुन्छ । सरल जीवन अब मिल्नै मुस्किल छ त्यहाँ भन्दा फरक पर्दैन जबकी हामीले साधारण जीवन ब्यतित गर्नु पर्दछ । यद्यपि हामी यसो गर्दैनौँ । यदि हामीमा आपूmभित्र वास्तविक सामथ्र्य उत्पन्न गर्न सक्ने अभिलाषा छ, यदि हामी व्यक्तिको मेसिनभित्र जे छुपेको छ, त्यो प्रकट रूपमा हाम्रो सामुन्ने आओस् भन्ने चाहान्छौँ भने हामीले आफ्नो रहन सहनलाई बदल्नु पर्दछ , आफ्नो जीवन स्तरमा परिवर्तन गर्नुपर्दछ । सादा जीवन उच्च विचारको मूलमन्त्रलाई मानिसले अपनाउनु पर्दछ ।

लोकप्रिय बन्ने कला : हामी सबैको प्यारो हुन सक्नुपर्दछ । लोकप्रिय बन्न आफ्ना राम्रा गुणले अन्य मानिसको ध्यानाकृष्ट गर्नुपर्दछ । राम्रो गुण र प्रतिभाको प्रफुस्टन गर्नसके मानिस लोकप्रिय बन्दै जान्छ । हामीले आफ्नो अवगुणलाई विस्तारै हटाउँदै जानु पर्दछ । मीठो बोली, सकारात्मक सोचले मानिस लोकप्रिय बन्ने कुरामा कुनै शंका छैन । मानिस लोकप्रिय भए मात्र जीवनमा खुसीको क्षण भित्रिन सक्दछ र रमाएर बाँच्न सकिन्छ ।  लोकप्रिय बन्नका लागि तपाईले दोस्रोको नाम याद राख्ने आदत बसाल्नुहोस् । यदि तपाईले नाम ख्याल राख्नु हुन्न भने उनले सोच्नेछन् कि तपाईले उनीप्रति रुचिलिनु भएको छैन । कुनै पनि व्यक्तिको नाम उनका लागि ज्यादै महत्वपूर्ण हुन्छ । अहंकारी नबन्नु होस् । यस्तो संकेत नदिनुहोस् तपाईंले सबै कुरा जान्नु हुन्छ । स्वभाविक बन्नुहोस् र विनम्र रहनुहोस् । रोचक बन्ने गुण विकसित गर्नुहोस् । घृणा र सिकायतलाई आफ्नो मनबाट निकालिदिनुहोस् । मानिसप्रति रुचि राख्ने कोशिस गर्नुहोस् ।

प्रतिक्रिया