खेल-खेलाडी

नेयमारको ह्याट्रिकमा ब्राजिलको जित

सौर्य अनलाइन २०७७ असोज २८ गते २१:०६ मा प्रकाशित

ब्राजिल । फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले विश्वकप छनोटमा पेरुलाई ४(२ ले पराजित गरेको छ । खेलमा ब्राजिल २ पटक पछि परेपनि पुनरागमन गर्न सफल भयो । खेलको छैटौं मिनेटमा आन्द्रे क्यारिलोले गोल गर्दै पेरुलाई अग्रता दिलाए । २८ औं मिनेटमा ब्राजिलले पेनाल्टी पाउँदै खेलमा पुनरागमन गर्ने अवसर पायो । उक्त पेनाल्टीमा नेयमारले गोल गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफको ५६ औं मिनेटमा रेनाटो टापियाले गोल गर्दै पेरुलाई अग्रता दिलाए । तर ८ मिनेटपछि नै ब्राजिल खेलमा फर्कियो । रोबर्टो फिर्मिनोको हेडरमा रिचार्लीसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ८३औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । एक मिनेट समय बाँकी हुँदा पेरु १० खेलाडीमा सिमित भयो । कार्लोस जाम्ब्रानोले ब्राजिलका खेलाडीमाथि हात उठाउँदा रेफ्रीले रातो कार्ड देखाए । ९०औं मिनेटमा नेयमारले गोल गर्दै ४(२ को जित पक्का गरे ।
लगातार दोस्रो जितसँगै ब्राजिल छनोट तालिकाको शीर्ष स्थानमा पुगेको छ । अर्जेन्टिना पनि २ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय