छिपहरमाई पोखरीको पर्खाल निर्माणमा गुरस्तरहीन काम गरेको भन्दै स्थानियद्धारा बिरोध

पर्सा । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत रहेको पोखरी सरसफाई तथा सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत निर्माण भइरहेको छिपहरमाई पोखरी पर्खाल निर्माणमा गुरस्तरहीन इटा तथा कमसल काम गरेको भन्दै स्थानीयले विरोध जनाएका छन । छिपहरमाई गाउँपालिका ४ तुल्सीबर्वामा रहेको छिपहरमाई पोखरीको पर्खाल निर्माण भईरहेको छ ।

सरसाफाई तथा सौन्दर्यीकरणका ठेका रंजन जेभी ठेकदार क्षेत्र नम्बर ४ (ख) को प्रदेश सांसद सिंहासन साह कलवारले करिब ७ करोडको लागतमा निर्माण कार्यको ठेका लिएका छन । ठेक्दारले आफ्नो मनपरी तरिकाले पोखरी सरसफाइ र सौन्दर्यीकरण निर्माण कार्यमा अनियमित तरिकाले काम गरिरहेकोले निर्माण कार्यमा कमसल दुई नंबर ईटा र गूणस्तर हिन सिमेन्ट लगायत बालुवा प्रयोग भइरहेको भन्दै स्थानीयले विरोध गरेका हुन ।

बिना प्राबिधिक गुपचुप रुपमा निर्माण भइरहेकोले तुल्सीबर्वाको स्थानियहरुले विरोध गरेका बताएका छन । मुख्यमन्त्री स्वच्छता अभियानमा पोखरी सरसफाइ तथा सौन्दर्यीकरण कार्यमा बिना प्राबिधिक ठेक्दारको भरमा काम भईरहेकले निर्माण कार्यमा अनियमिता देखिएको बताइएको छ । ठेक्दार र प्राबिधीकको चरम लापर्वाहीका कारण गलत ढंगले निर्माण कार्य भईरहेको भन्दै स्थानियहरु बिरोधमा उत्रिएका हुन ।

प्रतिक्रिया