हात र खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला, एकजना पक्राउ

पर्सा । महिलाको हत्या गरी हात र खुट्टा बाधेर गंगोल खोलामा फालेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका २ भेडिहारी गाउँ बस्ने ३१ बर्षिय महमद रैफुल खाँ पैठान भनिने शैफुल खाँ रहेका छन् । असोज २१ गते बिहान महिलाको शव हात खुटा बाधेको अवस्थामा पर्साको कालिकामाई गाउँपालिका ४ नजिक रहेको गंगोल खोलाबाट बरामद भएको थियो । भेडिहारी र प्रशुरामपुरको बीचमा पर्ने गंगोल खोलामा हात र खुट्टा बाधेको अवस्थामा शव फेला प्रहरीले जनाएको छ।

मृत्य अवस्थामा फेला परेकी महिला भारत बिहार रक्सौल पंटोका निवासी ३५ बर्षिय रेहाना नेसा खातुन रहेकी प्रहरी अनुसन्धानबाट खुलेको हो । पक्राउ परेका पैठानले सो महिलाको गंगोल नदी किनारमा रहेका भागवतीको मन्दिरमा लगि हत्या गरी सोही नदीमा हात र खुट्टा बाधेर फालेको प्रहरी समक्ष वयान दिएको प्रहरीले जनाएको छ ।

पैठानको महिलासंग नजायज सम्बन्ध रहेको पनि खुलेको छ । महिला वीरगंज रानीघाटस्थित कोठा भाडामा लिएर बस्दै आएकी थिइन । हत्या किन र के कारणले गरेको भन्ने बारे विस्तृत विवरण जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक केके ब्रतवला नेतृ्त्वको प्रहरी टोलीले आज आरोपित पैठानलाई घटनास्थल मै लगी मुचुल्कासमेत उठाएको छ ।

प्रतिक्रिया