कर्मचारी संक्रमित भएपछि स्वास्थ्य केन्द्रको सेवा बन्द

धरान । बराहक्षेत्र नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चतराको सम्पूर्ण सेवा बन्द गरिएको छ । तीन महिला कर्मचारीसहित पाँच जनालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य केन्द्रको सेवा आइतबारदेखि बन्द गरिएको हो ।

शुक्रबार ६ जनाको स्वाब संकलन गरेर पिसीआर गरिएकामध्ये तीनजना कर्मचारीलाई पोजेटिभ देखिएको स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिल गिरीले जानकारी दिए ।

अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको डा. गिरीले जानकारी दिए । सो स्वास्थ्य केन्द्रबाट बराहक्षेत्र, उदयपुरका बेलका नगरपालिका, धनकुटाको शहीदभूमि गाउँपालिका र भोजपुरको हतुवागढी गाउँपालिकाका केही क्षेत्रका जनताले सेवा लिँदै आएका थिए ।

प्रतिक्रिया