५ बर्षमा पनि बनेन लुङ खोलाको पक्की पुल, स्थानीय लाई सास्ती

उत्तरी प्युठानको नौवहिनि गाउँपालिकाको लाखाचौर स्थित लुङ खोलामा निर्माणधिन पक्की पुल बन्न थालेको करिब ५ बर्ष पुगेपनि अझै सम्पन्न हुन सकेको छैन । पक्की पुल निर्माणकार्यमा ढिलासुस्तीले स्थानीय लाई सास्ती भएको छ । खोला वारपार गर्न पुलको विकल्पको रुपमा बास र काठको अस्थायी पुल निर्माणमा स्थानीयहरु सक्रिय भएका छन् । पुल निर्माण कार्यमा सम्बन्धित निकायको छिटो ध्यानाकर्षण होस ।

तस्विर : वासुदेव गिरी, सौर्य दैनिक

प्रतिक्रिया