लुम्बिनी प्रदेशका सभामुखलाई कोरोना

बुटवल । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको द्रुत स्वाव परिक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । उहालाई रातिदेखि ज्वरो आएको थियो । सिटामोल खादा पनि ज्वरो नबस्ने र सरीर पनि कमजोर हुदै गएपछि दिउँसो २ बजे उहाँ परिक्षणकालागि लुुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए ।

सभामुख अहिले निवास रामनगरको आइसोलेसनमा छन । सभामुखमा कोरोना देखिएपछि निवास र सचिवालयका अन्य कर्मचारीको पनि पीसीआर परिक्षण गरिएको छ । अरुको भने नतिजा नआएको सभामुखको निजी सचिवालयले जनाएको छ ।  शुक्रबार दिउसो मात्रै प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीमा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया