कांग्रेस भक्तपुरका सभापति थापालाई पितृशोक

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ । मध्यपुर अस्पतालमा उपचारका क्रममा सभापति थापाका पिता डा. रामबहादुर थापाको आज ७९ वर्षका उमेरमा निधन भएको हो ।

कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलका अनुसार मूत्रनलीको अर्बुदरोगको समस्यामा रहेका डा. थापा केही दिनअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रोस्टेट गन्थ्रीको शल्यक्रियापछि घरमा आराम गरे पनि स्वास्थ्यमा जटिल समस्या आएपछि आज बिहान उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।

मध्यपुर अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको कांग्रेसका नेता एवं मध्यपुर अस्पताल व्यव्स्थापन समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए ।

प्रतिक्रिया