चिकित्सक संघद्वारा आन्दोलन घोषणा

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा। गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ। संघले बिहिबार बिहान ९ देखि ११ बजेसम्म देशभर आकस्मिक र कोभिड१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने निर्णय गरेको छ। यस्तै मापदण्ड र सामाजिक दुरीसहित धर्ना दिने भएको छ।

२३ गते देशभर आकस्मिक र कोभिड(१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने, कालोपट्टी बाँधेर काम गर्ने संघले जनाएको छ। उल्लेखित अवधीमा वार्ता टोली बनाई सत्याग्रहको अन्तय नगरिएको अवस्थामा थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने संघले जनाएको छ। चिकित्सक संघ सरकारले चाहेको बेला वार्ताका लागि सहजिकरणको भूमिका निर्वाह गर्नसमेत तयार रहेको जनाएको छ।

प्रतिक्रिया