फोर्डको ‘ईकोस्पोर्ट पावर च्यालेन्ज’ योजना

काठमाडौँ । जी.ओ. अटोमोबाईल्स प्रा.लि (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याइको छ । फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी एसयुभी गाडी हो । १५०० सी सी ड्रयागन सीरीज इन्जिन जडिट, १२२ पीएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी भएको दावी कम्पनीले गरेको छ ।

यसै शक्तिलाई प्रमाण्ति गर्न र ग्राहकलाई यसको इन्जिनको शक्ति अनुभव गराउन, फोर्डले फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना ल्याएको जनाएको छ । ग्राहकले यस योजनामा भाग लिन, न्युनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ । त्यसपछि ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्ने र फोर्ड इकोस्पोर्ट सँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिन सक्ने अनुभव लिनेमा कम्पनी विश्वस्त रहेको छ ।

सन २०२० मा बनेको ईकोस्पोर्ट भारत स्टेज भिआई मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ आकर्षक मूल्यमा उपलब्ध छ । यो गाडी ड्राइभिङको लागि रमाइलो, शक्तिशाली र पेट्रोल÷डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको पनि बिज्ञप्तिमा उल्लेख छ । पेट्रोलमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १ दशमलब ५ लिटरको टिआई भिसिटी पेट्रोल ईन्जिन समावेश रहेको छ ।

प्रतिक्रिया