योग्य शिक्षक अपरिहार्य

कोरोनाको खोप छिटै प्रयोगमा आउने घोषणा गर्दै गर्दा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्रकारहरूले सोधेको थिए, ‘सबै जनतालाई एकचोटी खोप संभव छैन, प्राथमिकताको निर्धारण कसरी गर्दै हुनुहुन्छ ?’ राष्ट्रपति पुटिनले उत्तर दिए, ‘पहिले शिक्षक, त्यसपछि स्वास्थ्यकर्मी, अनि विद्यार्थी ।’ पहिलो प्राथमिकता त स्वास्थ्यकर्मीले पाउनु पर्ने होइन र ? प्रत्रकारहरूले प्रतिप्रश्न गरे । राष्ट्रपति पुटिनले जवाफ दिए, ‘स्वास्थ्यकर्मी उत्पादन गर्ने त शिक्षकले नै हो, शिक्षक जोगिए भने दुई÷चार वर्ष भित्रै यथेष्ट स्वास्थ्यकर्मी उत्पादन भइहाल्छन् तर शिक्षक उत्पादन गर्न २५ वर्ष लाग्छ ।’ पुटिनको यो भनाइ ज्यादै गहन छ । मानिसका लागि खाना, नाना र छाना पछिको पहिलो आवश्यकता भनेको शिक्षा नै हो । शिक्षक भनेका समाजका धेरै नै महत्वपूर्ण अंग हुन् । हाम्रो पुर्वीय दर्शनमा शिक्षकको महत्वलाई सर्वोपरी राखिएको छ । हजारौँ वर्षदेखि गुरुपूर्णिमा पर्व विशेष महत्वका साथ मनाउने परम्परा छ ।

शिक्षकको महत्वलाई ध्यान दिँदै संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोले पनि सन् १९९४ देखि ५ अक्टोबरका दिन विश्व शिक्षक दिवस मनाउन थालेको छ । आज २८औं विश्व शिक्षक दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै छ । यसवर्ष कोरोनाका कारण शिक्षक दिवसका कार्यक्रम ओझेलमा पर्नु स्वभाविकै हो । तर, नेपालका सन्दर्भमा शिक्षक दिवस ओझेलमा पर्नुका अरू कारणहरू पनि छन् । पहिलो कुरा त हामीले गुरु पूर्णिमा मनाउने आफ्नै परम्परालाई बढी महत्व दिनु स्वभाविकै हो । दोस्रो कारण शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूले सार्वजनिक बिदालाई मात्रै ख्याल गर्छन् । तर, विश्व शिक्षक दिवसका अवसरमा सार्वजनिक बिदा हुँदैन ।

नेपालमा अधिकांश शिक्षकहरू आपैmँ समस्यामा छन् । शिक्षकको महत्व र शिक्षकहरूले भोग्दै आएका समस्याका बारेमा जनचेतनाको ठूलो खा“चो छ । देशभरका सार्वजनिक तथा निजी विद्यालयहरूमा गरी करिब साढे तीन लाख शिक्षक छन् । तीमध्ये १ लाख ४७ हजार शिक्षक मात्र दरबन्दी छन् । दरबन्दीमा काम गर्ने शिक्षकले उचित सुविधा पाएका छन्, तर धेरैजसोले आफ्नो जिम्मेवारी बहन गरेका छैनन् । विद्यार्थीलाई पढाउनभन्दा राजनीतिक दलको झोला बोक्ने शिक्षकहरू उल्लेख्य छन् । सरकारी विद्यालयको खराब हालतले पनि यसको पुष्टि गर्छ । सरकारीको तुलनामा निजी विद्यालयको नतिजा राम्रो छ, तर शिक्षकहरूको चरम श्रम शोषण भइरहेको छ । नेपालका ६० प्रतिशत शिक्षकहरू श्रम शोषणको मारमा छन् । विश्वभर शिक्षक दिवस मनाइरहँदा नेपालका शिक्षकहरू भने अझ पनि आप्mनो हक र अधिकारको लागि लडिरहन बाध्य हुनु भनेको विडम्वना नै हो ।

हाम्रो मुलुक पछाडि पर्नुको मुख्य कारण अयोग्य शिक्षकहरूको दबदबा नै हो । आजको युग भनेको विश्वव्यापी प्रतिस्पर्धाको युग हो । हुम्लाको दुर्गम गाउँको विद्यार्थीले लन्डनको विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपरेको छ । यो प्रतिस्पर्धामा खरो रूपमा उत्रनाका लागि सबैभन्दा महत्वपूर्ण भनेको उचित शिक्षा नै हो । उचित शिक्षका लागि सबैभन्दा महत्वपूर्ण भनेको योग्य शिक्षक नै हो । तर, विडम्वना हाम्रो मुलुकले योग्य शिक्षक उत्पादन गर्न अहिलेसम्म चासो दिएको छैन ।

अहिले पनि शिक्षण पेसा युवाहरूको सबैभन्दा पुच्छारको रोजाइमा पर्छ । जबसम्म शिक्षण पेसालाई युवाहरूको पहिलो रोजाइ बनाउन सकिन्न तबसम्म योग्य शिक्षक उत्पादन गर्न सकिन्न । शिक्षण पेसालाई पहिलो रोजाइ बनाउनका लागि राज्यले धेरै ठूलो लगानी पनि गर्नु पर्दैन । भ्रष्टाचार नियन्त्रण गरियो भने मात्रै पुग्छ । माध्यमिक विद्यालयको हेडमास्टरको भन्दा भन्सारको सुब्बाको प्रतिष्ठा समाजमा बढी किन भइहेको छ ? भन्ने प्रश्नको उत्तर खोजेर यसको निदान गरे मात्रै पनि पुग्छ ।

प्रतिक्रिया