काठको मुढाले च्यापिएको अवस्थामा पुरुषको शव फेला

धादिङ । काठको मुढाले च्यापेको अवस्थामा धादिङमा एक पुरुषको शव फेला परेकोे छ । धादिङको थाक्रे गाउँपालिका–६ स्थित चारकिलोमा काठको मुढाले च्यापेर मृत्यु भएको अवस्थामा पुरुषको शव फेला परेको हो ।

मुढाले च्यापिएको अवस्थामा अन्दाजी ५० वर्षिय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय गजुरीका डिएसपी विश्वराज खड्काले जानकारी दिए । डिएसपी खड्काका अनुसार मृतक पुरुषको नाम थर भने खुलेको छैन ।

ती पुरुष पृथ्वी राजमार्ग आसपासका स्थानमा ज्यामी काम गर्दै आएको पाईएको छ । काठको मुढा बोकेर ल्याउने क्रममा मुढाले नै थिचेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान भए पनि यथार्थ भैनसकेको डिएसपी खड्काले बताए ।

उक्त शवलाई पोस्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौं पठाईएको र घटनाबारे थप अनुसन्धान भईरहेको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया