दैलेखमा रेन्जरको मृत्यु

दैलेख । डिभिजन बन कार्यालय दैलेखमा कार्यरत रेन्जर चन्द्र खड्काको रक्तचापका कारण मृत्यु भएको छ । पश्चिम रुकुम सानोभेरी नगरपालिका– ९ निवासी वर्ष २२ का रेन्जर खड्को आइतबार मृत्यु भएको हो ।

आफ्नै डेरामा रहेका खड्का डेराको छतमा कपडा सुकाउँदै गरेको बेला एक्कासी प्रेसर कम भई अचेत भएको भन्ने खुलेको छ । अचेत भएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल दैलेख लगिएको र थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर हुँदै गर्दा दिउँसो १ः४५ बजेको समयमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।

रेन्जर खड्का डिभिजन वन कार्यालय दैलेखमा बिगत एक वर्षदेखि कार्यरत रहेको र खड्काको मृत्यु भएपछि एउटा क्षेमतावान कर्मचारी गुमाउनु परेको दैलेख डिभिजन वन अधिकृत मुन बहादुर रावतले बताए ।

प्रतिक्रिया