बलात्कारको घटना गाउँमै ५ लाखमा मिलाउने ८ जना पञ्च पक्राउ

सिरहा । जिल्लामा बलात्कारको घटना गाउँमै मिलाउने ८ जना पञ्चलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको बिष्णुपुर गाउँपालिका–१ स्थित गत असोज १२ गते अन्दाजी ५ बजेको समयमा भएको बलात्कार प्रकरणमा गाउँका पञ्चहरुले ५ लाख रुपैयाँ जरिवाना तोकेर मिलाएको भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त प्रहरी टोलिले पञ्चहरुलाई पक्राउ गरेको हो ।

सोही स्थान बस्ने स्थानीय सिँघेश्वर साहको २० वर्षीय छोरा मुकेश कुमार साहले सोही ठाउँकी एक किशोरीलाई घरमा पसेर बलात्कार गरेको तथा सो घटनालाई गाउँमै मिलाउने उक्त पञ्चहरुलाई पक्राउ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रबक्ता एवं सूचना अधिकारी यज्ञ बिनोद पोखरेलले जानकारी दिए ।

घटनामा सिराहको बिष्णुपुर गाउँपालिका(१ बिष्णुपुर बस्ने ५२ वर्षीय सिंहेश्वर साह सोही ठाउँ बस्ने २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह,४७ वर्षीय राजकुमार साहलाई पक्राउ गरेको एसएसपी पोखरेलले बताए । त्यस्तै सोही ठाउँका ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदि भन्ने श्याम सुन्दर यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

                                                                          बलात्कार गर्ने अभियुक्त

किशोरीलाई बलात्कार गरेको भन्दै रिसको आवेगमा आएर किशोरीकी भाईले उनलाई नै कुटपिट गरी घाईते बनाएपछि घटना बाहिर आएको थियो । पीडित किशोरीलाई उपचारको लागि आफन्तहरुले स्थानीय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागी बिराटनगरस्थित बिराट नर्सिङ होम बिराटनगरमा लगी उपचार गराएको थियो ।

असोज १६ गते शुक्रबार गाउँ फर्किँदा उक्त घटना गाउँ घरमै मिलाउन भनि गाँउमा नै पञ्चायत बसी पीडकको आफन्तसँग तमसुक कागजसमेत गराई उक्त कागज जगविर यादवको जिम्मामा राखिएको थियो ।

जगविर यादवको घर कोठा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन भनि गरेको धनि राम गुलाम यादव, ऋणि सिंहेश्‍वर साह र धनि लक्षुमण यादव ऋणि शत्रुधन साह भई ५ लाखको तमसुक कागज समेत कानूनबमोजिम बरामद भएको एसएसपी पोखरेलको भनाइ छ । पक्राउ परेका सबै पञ्चमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया