कोरोना संक्रमित २८ वर्षीया युवतीको मृत्यु

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशीस श्रेष्ठले जानकारी दिए ।

उनलाई असोज ८ गते संक्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कुनै दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

प्रतिक्रिया