बर्षौंदेखि अलपत्र बेलिब्रीज पुल प्रदेश सरकारले बनाउने

कालिकोट । कर्णाली प्रदेश सरकारका माननीय कुर्मराज शाहीले बर्षौ देखि अलपत्र बेलिब्रीज पुल अव तत्कालै बनाउने प्रतिवद्धता जनाएका छन् । कालिकोट जिल्लाको महावै गाउपालिका वडा नं ६ स्थीत सेरी,पान्तडि सडक अन्र्तगत पान्तडि बेली ब्रिज पुल निर्माणका लागि सयुक्त प्रतिबद्धता जनाएका हुन् ।

उक्त पुलको निर्माण कार्य अव कर्णाली प्रदेश सरकारले बनाइ दिने कर्णाली प्रदेशका सांसद कुर्मराज शाही र कर्णाली प्रदेश भौतिक पुर्वधार मन्त्रालयका सचिव धर्वेन्द्र झा ले एक साथ प्रतिवद्वाता जनाए । सेरी पान्तडि सडक अनुगमनका क्रममा सवै स्थानियबासीको अगाडी साझा प्रतिवद्धता जनाएका हुन ।

बर्षौै देखि आझेलमा परेको उक्त पुलको केन्द्रीय सरकारल बनाउने भनी जिम्मा लिएको थियो । हरेक वर्षमा पुलको लागि रकम विनियोजन हुन्छ तर काम भने हुदैन । केन्द्र सरकारको मताहातमा रहेर ओझेलमा परेको पुल प्रदेश सरकारले बनाइ दिने भएपछि त्यहाँका नागरिकहरुमा आशा पलायको छ ।

पुल नहुँदा आवत जावतमा ठुलो समस्या हुने गरेको स्थानीय विर्जलाज जैसी बताए । उनले भने हरेक वर्षमा रकम विनियोजन भएको कुरा मात्र सुनिन्छ तर भारी बाक्दै धौ धौ तिलानदी तर्नु पर्ने बाद्यता हटेको छैन । स्थानीय पद्मा शाहीले सेरी पान्तडी सडक नबनेपछी महिलाहरुलाई झन समस्या हुने गरेको बताईन् । उनले भनिन् महिलाहरु घास लिन नदी वारपार गर्नुपर्छ तर पुल नहुँदा भने धेरै समस्या झेल्नु परेको छ ।

अव केही समयमै सेरी पान्तडि सडक बन्छ की भन्ने आशा पलाएको बताईन । पद्मा मात्र हैनन् महावै गाउँपालिकाका सम्पुर्ण नागरिकहरुले यस्ता समस्याहरु भोग्नु परेको छ । अनुगमन कार्यक्रमा पान्तडी पुगेका प्रदेश सांसद कुर्मराज शाहीले निमार्ण कार्यमा ढिलाई गर्ने प्रदेश ठेकेदार, उपभोक्ता समितिलार्इ जुनसुकै पार्टीको भएपनि कारबाही गनुपर्ने बताए । निर्माण कार्यमा रकम हिनामिना गर्ने जो सुकैलाई पनि अब तत्काल कारवाही दायरामा ल्याउने बताए ।

शाहीले भने, ‘कुनै योजना दिगो टिकाउ र काम सन्तोषजन हुन्छन् भने आफ्नै कार्यकालमा सेरी पान्तडी सडक र बेलिब्रीज पुल बनाउने छु ।’ आफ्नो निर्वाचन क्षेत्रमा २ नगरपालिका र २ वटा गाउँपालिका भित्र आफुले बजेट विनियोजन गर्दा आफुखुसि नगरेको पनि स्पष्ट पारे ।

अनुगमनमा पुगेका कर्णाली प्रदेश भौतिक मन्त्रालयका सचिव धर्बेन्द्र झा ले भने कालिकोट आउदा स्थानियले सम्मानमा बोकाएको भारीको ऋण अवश्य तिर्ने छु । तर कामको लाफरबाही गर्ने ठेकेदार लगायत सवैलाई अवश्य कानुनी दायरामा ल्याउनु पर्ने उनको माग छ ।

कुर्मराज शाहीको नेतृत्वमा, कर्णाली प्रदेश भौतिक मन्त्रालय महासंखाका प्रमुख गोपाल शर्मा, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलगाईँ, महावै गाउँपालिका अध्यक्ष नन्दहादुर सिंह, नेकपा नेता चित्रसिंह गाउँले, रविन्द्र बहादुर शाहीको उपस्थितिमा सडकको अनुगमन गरिएको थियो । कार्यक्रममा महावै गाउपालिका जनप्रतिनिधि, स्थानियबासी, कर्मचारी , संचारकर्मी लगायतका सरोकार वालाको सहभागिता रहेको थियो । सडक अनुगमनका लागि सेरीपान्तडी पुग्दा स्थानीयले गरेको सम्मानमा साझा प्रतिवद्धता जनाएका हुन ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया