आठराईकी १०२ वर्षिया जेष्ठ नागरिक महिला सम्मानित

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलिको जन्मथलो आठराइर्का दुई जेष्ठ नागरिक सम्मानित भएका छन् । ३० औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक सम्मान दिवसका अवसरमा १०२ वर्षीया जानुका देवि ओली र एकसय वर्षीय गंगा बहादुर लिम्बुलाई सम्मान गरीएको हो ।

प्रम ओलीका जन्मथलो आठराईमा पालिका भरीका सबैभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई सम्मान गरिएको पालिकाकी उपाध्यक्ष रुपा देवी कन्दङवाले बताइन् ।

सम्मानित हुनेमा आठराई गाउँपालिका–४ की एकसय एक वर्षीया जमुना देवि ओली र वडा नम्बर ७ का एक सय वर्षीय गंगा बहादुर लिम्बुलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

बृद्ध–बृद्धालाई प्रमुख अतिथि उपाध्यक्ष रुपाले दोसल्ला र खादाले सम्मान गरिन् । जेष्ठ नागरिक सम्मान कार्यक्रम महिला तथा बालबालिका समाज कल्याण इकाइले आयोजना गरेको थियो ।

नागरिकलाई सम्मानका लागि सम्बन्धीत वडाका वडाध्यक्षको अध्यक्षता तथा कर्मचारीलगायत सम्मानितका घर–घरमा गएर उनिहरुका सदस्यहरुमाझ सम्मान दिवस मनाइएको हो ।

प्रतिक्रिया