पहिलो कोरोना संक्रमित २१ वर्षीया युवतीलाई पुनः संक्रमण

सिमकोट । यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना संक्रमितमा कोरोना परीक्षण गर्दा पुनः संक्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक संक्रमण पुष्टि भएको हो ।

४१ जनामा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ भएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । ती युवतीको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ ।

यस्तै एउटै जहाजमा आएका विद्युत् कार्यालयका दुई कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनीहरुको पनि स्वास्थ्यावस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्ला स्रोतले जनाएको छ । कोरोना संक्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ । हुम्लामा तीन सक्रिय कोरोना संक्रमित छन् । – रासस

प्रतिक्रिया