छायाँनाथमा अपाङ्गता परिचय पत्र वितरण सुरु

मुगु । छायाँनाथ रारा नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरण सुरु गरेको छ । संघीय संरचनापछि पहिलो पटक छायाँनाथ रारा नगरपालिकाले बुधबारबाट अपाङ्गता परिचय पत्र वितरण सुरु गरेको हो । अपाङ्गता अधिकार ऐन २०७४ र कार्यविधि २०७५मा उल्लेख भए अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकार अन्र्तगत छायाँनाथ रारा नगरपालिकाले बुधबार बाट परिचयपत्र वितरण सुरु गरेको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरि परिचयपत्र वितरण गरिरहेको छायाँनाथ रारा नगरपालिकाका नगर उप प्रमुख सुन्तलाले बताईन् ।

यस नगरभित्रका ५० जना अपाङ्गता भएका ब्यत्तिले परिचयपत्र पाउँ भनि यस कार्यलयमा निवेदन दिएका थिए । अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिले उनिहरुको शारिरिक अशक्तका आधारमा छनोट गरि श्रेणीका आधारमा परिचयपत्र वितरण गरीएको उपप्रमखु रोकायले बताईन् ।

उनका अनुसार यस नगरभित्रका ५० जनाले अपाङ्गता परिचयपत्र पाउँ भनि निवेदन दिएका र बुधबार २९ जना मात्रै उपस्थित भएकाले पहिलो चरणमा २९ जनालाई परिचयप्रत्र वितरण गरिएको छ । पहिलो चरणमा (क) श्रेणीका २ जना, (ख) श्रेणीका ८ जना (ग) श्रेणीका ७ जना र (घ) श्रेणीका १३ जना गरी २९ जना अपाङ्गता भएका ब्यत्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरीएको उपप्रमुख रोकायाको भनाइ छ ।

बाँकी उपस्थित नभएका २० जनाको पनि नयाँ निवेदन परेकाले उनिहरुको अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिको अर्को निर्णय गरेर मात्रै वितरण गरिने जनाईएको छ ।यसैबिच अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालकाका नगरप्रमुख हरिजंग शाहीले यस नगरभित्र रहेका सम्पूर्ण अपाङ्गता व्यक्तिको हितको संरक्षण गर्न, उनिहरुका स्वास्थ्य, शिक्षा, रोजगारी, तालिम लगायतका अवसरमा सहभागि गराउन यस नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरण कार्य सुरु गरेको बताए ।

उनका अनुसार नगरभित्रका धेरै अपाङ्गता भएका ब्यक्तिले परिचय पत्र नपाउँदा समावेशिकरण हुन तथा राज्यको सेवा सुविधाबाट बञ्चित हुन परेको थियो । त्यो अब नगरपालिकाले खुल्ला गरेको छ । कोही अपाङ्गता भएका ब्यक्तिले यस कार्यलयमा अपाङ्गता परिचयपत्र पाउँ भनि निवेदन दिएमा र अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिले उनिहरुको शारिरिक परिक्षण गरी योग्य ठहर भएकाले परिचयपत्र सजिलै पाउँने नगरप्रमुख शाहीले बताए ।

प्रतिक्रिया