स्थानीय तहमा सञ्चितकोष व्यवस्थापन प्रणालीको कार्यान्वयन

कालिकोट । जिल्लाको पचालझरना गाउँपालिकामा स्थानीय सञ्चितकोष व्यवस्थापन प्रणाली शुत्रको पूर्णरुपमा कार्यान्वयन भएको छ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये पचालझरना गाउँपालिले पनि शुत्रको कार्यान्वय गरेको हो । आर्थिकमा विगतका वर्षजस्तै लथालिंङग भने देखिएको छैन । सबैकाम शुत्रबाटै हुने भएकाले अहिले सेवाग्राहीलाई सहज वातावरण भएको छ ।

आर्थिक वर्ष २०७६–०७७ सम्पन्न भइसकेको छ । अब आर्थिक वर्ष २०७७–०७८ को सम्पूर्ण कार्य सञ्चालनमा ल्याइसकेको छ । सबै कार्य विवरण शुत्रमा इन्ट्री भइसकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेलका अनुसार स्थानीय सञ्चितकोष व्यवस्थापन प्रणाली लागू भइसकेपछि कामकाजमा भने झन सहज र पारदर्शी भएको बताइएको छ ।

यसले गर्दा जुनसुकै योजनाका कार्यहरुको भुक्तानी प्रक्रिया शुत्रबाट हुने भएकाले सेवाग्राहीलाई सजिलो तथा लेनदेन र कर्मचारीहरुले गर्ने काम एवं योजनाका काम भने पारदर्शी भएका छन् । आर्थिक वर्ष २०७६–०७७ का सम्पूर्ण योजनाहरुका कामहरु सम्पन्न भएकाले भुक्तानी प्रक्रिया पनि स्थानीय सञ्चितकोष व्यवस्थापन प्रणालीबाटै भएको र काम सन्तोषजनक रहेको आर्थिक प्रशासन शाखाका प्रमुख नरदल बुढाले बताए ।

हालसम्मका सम्पूर्ण योजनाहरु दिगो टिकाउ भएका छन् । तर, कोरोनाको महामारीले गर्दा काम भने ढिलाई भए पनि जुनसुकै योजनाहरुको काम सन्तोषजनक रहेको बुढाले बताए । जुनसुकै योजना होस् वा कर्मचारी सबैको भुक्तानी दिँदा पहिला हातले नै चेक काट्नु परेको र अहिले अनलाईन सिस्टमबाट नै कम्प्युटर प्रिन्ट चेक दिने गरेकको बुढाले बताए ।

पहिले पचालझरनाको अवस्था र अहिलेको अवस्थाबारे स्थानीय सेवाग्राहीलाई बुझ्दा जुनसुकै कार्यका लागि गाउँपालिकामा जाँदा सहज भएको बताएका छन् । स्थानीयबासी प्रेम बहादुर सेजुवालले पहिला कार्यालय सञ्चालनका लागि भवनको समस्या देखिएको र अहिले भवनको राम्रो व्यवस्था रहेकाले कामकाजमा सहज वातावरण रहेको बताए । पहिला काम गर्नका लागि गाउँबाट आउँदा होटलमा बस्नु पथ्र्यो । अहिले सबै शाखामा कर्मचारीहरुको अभाव नभएकाले काम छिटो र छरितो हुने गरेको छ ।

नेपालकै अग्लो झरना रहेको विकट पचालझरना गाउँपालिकाको परिचय

नेपाली खस भाषाको संगमस्थल कर्णालीको सिजा वेल्डसँग जोडिएको पलाता र विगतको पलाता वेल्ड हालको कालिकोट जिल्लाको पलाता र पचालझरना गाउँपालिका रहेका छन् । यहाँ आफ्नै मौलिक सांस्कृतिक पहिचान जैविक विविधता प्राकृतिक सुन्दरता र स्रोत साधनले भरीपूर्ण छ । पचालझरना गाउँपालिका साविकको राम्नाकोट, नानीकोट र आधाभन्दा बढी बदालकोटको सिकु मिलाएर बनेको छ ।

जिल्लाकै पहिचान र गौरव ३८१ मिटर अग्लो पचालझरनाको नामबाट नामाकरण भएको गाउँपालिका पर्यटकीय एवं धार्मीक सांस्कृतिक रुपले एक केन्द्रकै रुपमा परिचित छ । १६६.९२ वर्ग किलोमिटर भू–भागमा फैलिएको यो गाउँपालिका पूर्वमा पलाता गाउँपालिका, पश्चिममा रास्कोट नगरपालिका, उत्तरमा बाजुरा र दक्षिणमा खाडाचक्र नगरपालिकाले घेरिएको छ ।

समुन्द्री सतहदेखि ९७० मिटर उचाइमा रहेको योे गाउँपालिकासँग कालीकोटकै अग्ला हिमाल र चुली पनि यसैमा जोडिएका छन् । भारतको रुपैडीयाबाट हुम्लाको हिल्सा जोड्ने कर्णाली करिडोरले यस गाउँपालिकाको एक साइड छिचोलेर गएको छ । यसले केही सभ्भावनाका ढोकासमेत खोलिदिएको छ ।

गाउँपालिकाको बिच भागमा च्यातेर देशकै अग्लो लामो कर्णाली नदी आफ्नै गतिमा छ । खासगरी झरना, हिमाल, कडाचट्टानी पहाड लेकाली मैदान फाँट, प्राचीन मठ मन्दिर प्ररातात्वीक महत्वका धार्मीक तथा पर्यटकीयस्थल, लेकभरी हिमाली जडिबुटी वन्यजन्तु यहाँका मुख्य पहिचान रहेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया