जिप दुर्घटनामा चालकको मृत्यु

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकास्थित खल्गागाडमा जिप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । कर्णाली राजमार्गस्थित तिलागुफा नगरपालिका खल्ला खोलामा बोलेरो जिप दुर्घटना हुँदा गाडि चालकको मृत्यु भएको हो ।

सुर्खेत भेरगिंगा नगरपालिका– १२ निवासी गाडी चालक २८ वर्षिय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सुर्खेतदेखि जुम्ला जाँदै गरेको लु २ च २४१२ नम्बरको जिप सडकबाट अनियन्त्रित भइ दुर्घटना भएको हो ।

गाडीका सहचालक सुर्खेत निवासी दिपक डाँगी घाईते भएको जनाइएको छ । कालिकोट प्रहरी प्रमुख चन्दबहादुर शाहका अनुसार घाइतेको स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने, घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया