प्रहरीलाई जनतासँग शिष्ट व्यवहार गर्न डिआइजी सिंहको निर्देशन

लहान । प्रहरीले पालना गर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड, मानव अधिकारको पालना, वर्तमान शान्ति सुरक्षा, अपराध नियन्त्रण, प्रहरी कर्मचारीहरुको आचरण तथा जनतासँग शिष्ट व्यबहारबारे घुम्ती अनुशिक्षण कार्यक्रमको सुरुवात गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण सुरु भएको लकडाउन र लकडाउन खुलेपछि देखिएको विरोध तथा प्रर्दशनहरूको नियन्त्रणमा प्रहरीले कारवाही गर्दा पालना गर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड, मानव अधिकारको पालना र प्रहरी आचरण संहिता तथा जनतासँग शिष्ट व्यवहार गर्ने सम्बन्धबारे २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम मातहतका जिल्ला प्रहरी कार्यालय धनुषा मातहतका प्रहरी युनिट इन्चार्जहरुलाई सचेत र सजक बनाउने उद्देश्यले गत ४ गतेबाट मानवअधिकार, प्रहरी आचरण संहिता र महामारीको समयमा प्रहरी कारवाही विषयक १ घण्टाको घुम्ती अनुशिक्षण कार्यक्रमको सुरुवात गरिएको छ ।

कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) धिरज प्रताप सिंहले नागरिकको हक अधिकारलाई सम्मान गर्दै प्रहरीले व्यवसायिक जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

उनले फिल्डमा खटिएका प्रहरीका समस्या, गुनासो र व्यक्तिगत स्वास्थ्य सुरक्षा मापडण्ड पालना गर्दै उच्चतम व्यवसायिक क्षमता प्रदर्शन गर्नुपर्ने र नागरिकले अपेक्षा गरे अनुरूप शिष्ट व्यवहार गरी मानव अधिकारको सम्मान गर्नुपर्ने जस्ता समासमाहिक सम्बोधन गरे ।

जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका–४ स्थित मसाला कटेजको सभा हलमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषा मातहतका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जाको सहभागी रहेको थियो ।

प्रतिक्रिया