छिपहरमाईको मिर्जापुरमा बर्थिङ सेन्टर बनाउने त्यारी

पर्सा । जिल्लाको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले गाउँपालिकाको पाँचै वटा वडाहरुमा बर्थिङ सेन्टर स्थापना गरि संचालम ल्याउने बताएका छन् । उयनले जनतासँग गरेको प्रतिबद्धतालाई मध्यनजर गरि चौथो बर्थिंङ सेन्टरको रुपमा वडा नं १ मिर्जापुरमा निर्माण कार्यको लागि नाप नक्सा र डिजाईनको काम भइसकेको र छिटै निर्माण काम अगाडि बढाउने बताए ।

नावगावा क्षेत्रमा एउटा बर्थिङ सेन्टर नरहेकोले सेढामा नवनिर्मित बर्थिङ सेन्टरको स्थापना गरिएको छ । छिपहरमाई गाउँपालिकाका जनताहरुसँग गरिएको प्रतिबद्धता पाँच वर्ष नबित्दै स्थापना गरिने अध्यक्ष गुप्ताले बताए । पहीलो प्राथमिकता स्वास्थ्य र शिक्षामा जोड रहेको उनको भनाइ छ ।

गाउँपालिकाको पाँचै वटा वडाहरुमा बर्थिंङ सेन्टर स्थापना गरि गाउँपालिकाका जनताहरुको स्वास्थ्य समस्या सामाधान गरिने उनले बताए । वर्षौँ पहिलादेखि छिपहरमाई गाउँपालिकामा एउटा पनि बर्थिंङ सेन्टर नरहेको र बाटोघाटोको समस्यासमेत रहेको कारण यस क्षेत्रका महिलाहरुले प्रशुती गराउन भारतको बेतिया, मैनाटाड, सिकटालगायतको ठाउँमा जान परिरहेको थियो ।

कतिपय महिलाहरुले समयमा स्वास्थ्य संस्थाहरुमा नपुग्दै बाटोमै अकालमा मृत्युु हुने भइरहेकाले त्यसलाई मध्यनजर गरि बर्थिङ सेन्टर स्थापना गर्न लमगिएको हो । पहलो बर्थिङ सेन्टर छिपहरमाई गाउँपालिका– ४ तुल्सीवर्वामा स्थापना गरेको र दोस्रो वडा नं २ टिहुकी सेढामा गरेको उनले बताए ।

प्रतिक्रिया