जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामी शून्य

कालिकोट । कालिकोट जिल्लामा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामी शून्य भएको छ । पहिला कार्यालय रहेको ठाउँबाट नयाँ ठाउँमा कार्यालय सर्दा सेवाग्राहीलाई कार्यालय भेटाउनै मुस्कील छ । कर्णाली सरकारले जनस्वास्थ्य कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय आयुर्वेद स्वास्थ्य केन्द्रलाई एकिकृत गर्दा बिरामीहरुलाई समस्या हुने गरेको हो ।

जिल्ला अस्पतालको छेउमा नयाँ भवन भाडामा लिएर आयुर्वेद स्वास्थ्य केन्द्र संचालनमा रहेको छ । बिरामीहरुले पहिलाको कार्यालय खोज्दै सदमुकामको तल्लो बषपार्क नजिकै भौतारीरहेको भेटिन्छन् । कार्यालय एकिकृत हुँदा आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवा लिने सम्पूर्ण बिरामीहरु अहिले बजारको महंगो औषधि लिन बाध्य भएका छन् ।

कर्णाली प्रदेशका १० जिल्लामा २९ जनाको दरबन्दी कटौतीसमेत गरिएको छ । आयुर्वेद शाखामा काम गर्ने २९ जनाको दरबन्दी कटौती पछि कर्णाली प्रदेशका जिल्लामा संचालन रहेका आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा दरबन्दीको समेत कमी भएको छ । आयुर्वेद्र स्वास्थ्य केन्द्र कालिकोटमा मात्र ४ जनाको दरबन्दी कटौती गरिएको वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताए ।

अस्पतालमा सेवा लिन आएका बिरामीहरुलाई अस्पतालकै कर्मचारीहरुले आयुर्वेद शाखामा नपठाएको पाण्डेले गुनासो गरे । आयुर्वेद स्वास्थ्य केन्द्र कालिकोट एकिकृत नगर्ने भन्दै आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरु प्रदेश सरकारलाई उजुरी गर्ने तयारीमा रहेको बताए । आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारी बिरेन्द्र केसीका अनुसार सम्पुर्ण सेवाहरु निःशुल्क गरेको बताए ।

उनले आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारार्थ बिरामीलाई कुनै पनि औषधिको शुल्क नलिने बताउँदै अब स्थानीय तहसँग समन्वय गरी पालिका स्तरिय आयुर्वेद शाखा संलाचनमा ल्याउने बताए । राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ ले नेपालको राष्ट्रिय मौलिक चिकित्सा पद्धती भनेर घोषणा गरेको हो ।

तर, कर्णाली प्रदेश सरकारले कर्णालीको मौलिक चिकित्सा पद्धतीलाई तहसनहस बनाइदिएको छ । जडिबुटीका दृष्टिकोर्णले कर्णाली धनि देखिए पनि आयुर्वे स्वास्थ्य केन्द्रलाई गरेको अपहेलना र कार्यालय एकिकृतले गर्दा कर्मचारीहरुले सेवाग्राहीको सेवा गर्ने मौकान पाएको अवस्था छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया