पाँचथरका नागरिकलाई मन्त्री नेम्बाङको सहयोग

पाँचथर । जिल्लाबाट संघीय संसदमा निर्वाचित भएर मन्त्री समेत बनेका बसन्त कुमार नेम्वाङले पाँचथरका नागरिकहरुका लागि प्रकृतिक विपद् तथा महामारीसँग जुध्नको लागि सहयोग स्वरुप चेक हस्तान्तरण गरेका छन् ।

जिल्ला समन्वय समितिको चौथो जिल्ला सभामार्फत भौतिक पूर्वाधार, यातायात एवं सहरी विकास मन्त्री नेम्वाङले मन्त्रालयको तर्फबाट कोरोना भाइरस (कोभिड १९) सँग जुध्नका लागि सर्जिकल माक्स एक हजार ५ सय थान, भिटिम दुई सय थान, ग्लोब्स २ सय थानसमेत प्रदान गरेका छन् ।

उनले जिल्लाभरमा २०७७ को असार यता भएका प्राकृतिक विपद्मापरेकालाई सहयोगका लागि एकामुष्ट रकम सहयोग समेत गरेका हुन् । जिल्ला दैविक प्रकोप उद्धार समितिमार्फत मन्त्री नेम्वाङले नगद २० लाख रुपैँया सहयोग गरेका छन् ।

जिल्ला समन्वय समितिको चौथो जिल्ला सभामा गरिएको घोषणा अनुसार फिदिम नगरपालिकालाई ३ लाख, तुम्बेवा गाउँपालिकालाई २ लाख र अन्य गाउँपालिकालाई २ लाख ५० हजारका दरले रकम सहयोग गरेका हुन् ।जिल्लामा कृयासिल विपद ब्यवस्थापन समितिले प्राप्त सो रकमलाई सबै स्थानीय तहलाई तत्कालै हस्तान्तरण समेत गरेको छ ।

तत्कालका लागि सामान्यमा सहयोग गरिए पनि जिल्लाको दिर्घकालिन विकासका लागि आफूहरुले लगातार काम गरिरहेको नेम्वाङले बताए । जिल्ला अस्पताल पाँचथरमा कोभिड अस्पताल स्थापनाका लागि पछिल्लो समय २ करोड रुपैँया विनियोजन भएको उनले बताए ।

‘१० वटा आइसोलेसन बेड र ४ वटा भेण्टिलेटर समेत रहने गरी हामीले अस्पतालका बिकास गर्ने योजना बनाएका छौँ’, उनले भने । उनले कोभिड अस्पताल निर्माण भएसँगै परिक्षण र नियन्त्रणको दायरासमेत बढ्ने उनको भनाइ छ ।

योसँगै पाँचथरका सबै गाउँपालिकामा १५ शैय्याको अस्पताल स्थानपनाको काम बढी सकेको उनले बताए । उक्त सभामा जिल्ला प्रमुख , सरकारी अधिकारी सुरक्षा निकाय, संघ सस्थाहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया