प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट

प्युठान । प्रहरी चौकी मरन्ठाना मजुवाले प्युठान नगरपालिका १० स्थित हाडिगैरा बस्ती आसपास क्षेत्रमा रहेको गाँजा खेती नष्ट गरेको छ। शनिवार प्रहरी, जनप्रतिनिधी र स्थानीयको सक्रियतामा अबैधरुपमा रहेको गाँजा खेती नष्ट गरिएको मरन्ठाना चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक भिम बहादुर रानाले बताए ।

हाडिगैरा स्थित बाटो छेउ तथा बारिमा उम्रेको करिब २ सय बोट गाँजाका बिरुवा फडानी गरि नष्ट गरिएको मरन्ठाना प्रहरी चौकीका प्रहरी जवान नवीन बिकले जानकारी दिए । यस्ले गर्दा समाजमा अपराध विकृति फैलिन सक्ने भन्दै गाँजाखेती लाई कडाई गरिएको उनले बताएका छन् ।

पछिल्लो समय गाँजा चरेस अफिन तथा घरेलु मदिराका कारण थुप्रै आत्महत्या , घरेलु हिंसा, अपराध, चोरी डकैती र बलात्कार जस्ता घटना बढदै गएकोले प्रहरीलाई यस्ता बिषयमा कडाई गर्न अनुरोध गरिएको जिल्ला समन्वय समिती सदस्य रेशमा केसी गिरीले बताइन् ।

प्रहरीले सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउन, अपराध रोकथाम गर्न,जनताको जनधनको सुरक्षा व्यवस्थापन तथा सवारी दुर्घटना कम गर्न, कोभिड–१९ को बिषयमा जनचेतना अभिवृद्धि गर्न जिल्लाभर कार्यक्रम संचान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा स्थानीय जनता जनप्रतिनिधि लगायतको सक्रियता रहेको थियो ।

प्रतिक्रिया