दीपिकासँग ५ घण्टा सोधपुछ, दिइन यस्तो जवाफ

काठमाडौं । अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा बलिउडको ड्रग्स कनेक्सन अनुसन्धान गरिरहेको भारतको राष्ट्रिय लागुऔषध अनुसन्धान ब्युरोले अभिनेत्री दीपिका पादुकोणसँग बयान लिएको छ। शनिबार बयानका क्रममा दीपिकाले आफूहरुको छुट्टै वाट्सअप ग्रुप रहेको र उक्त ग्रुपको एडमिन आफू रहेको स्वीकारेकी छिन। साथै दीपिकाले उक्त ग्रुपमा ड्रग्ससम्बन्धी कुराहरु हुने पनि स्वीकारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन।

दीपिकासँग ब्युरोले शनिबार साढे ५ घण्टा सोधपुछ गरेको थियो। उक्त ग्रुपच्याटमा दीपिकासँगै उनका म्यानेजर करिष्मा प्रकाश, जया शाह लगायत बलिउडकर्मी रहेको उनले बताएकी छिन।

च्याटमा ड्रग्सका कुरा स्वीकार गरेपनि ड्रग्स लिने विषयमा भने दीपिका सिधासिधा उत्तर नदिएको र केही प्रश्नमा मुख नखोलेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन। यस्तै अर्की अभिनेत्री श्रद्धा कपूरसँग भएको सोधपुछमा उनले आफूले ड्रग्स नलिने बयान दिएकी छिन।

प्रतिक्रिया