छाङरुमा सशस्त्र प्रहरी गुल्मको भवन शिलान्यास

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको ब्यास छाङरुमा सशस्त्र प्रहरी गुल्मको भवन शिलान्यास गरेका छन्। दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा सीमा रक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरी गुल्मका लागि नयाँ भवन निर्माण गर्न लागिएको हो।

गृहमन्त्री थापा, सशस्त्र प्रहरी महानिरीक्षकसहितको टोली भवन शिलान्यासका लागि शुक्रबार नै छाङरु पुगेको थियो। भारतले पछिल्लो समय नेपालको कालपानी क्षेत्र सहितको भूभाग आफ्नो नक्सामा समावेश गरेपछि नेपालले सीमा रक्षाका लागि छाङरुमा सशस्त्र प्रहरीको गुल्म परिचालन गरेको हो।

प्रतिक्रिया