दुई पत्रकार सम्मानित

झापा । प्रेस क्लब मेचीनगरले दुई जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरे रहेका छन् ।

मेचीनगरबाट प्रकाशित चौतारी पोष्टका सम्पादक शर्मालाई रु ११ हजार १११ नगदसहित मेचीनगर पत्रकारिता पुरस्कारबाट र अनुसन्धान अनलाइन टिभीका सम्पादक घिमिरेलाई रु पाँच हजार ५५५ नगदसहित मेचीनगर उद्यमान पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

काँकडभिट्टामा प्रेस क्लबको अधिवेशनको उद्घाटनसत्रमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उनिहरुलाई सम्मान गरेका सथए ।

प्रतिक्रिया