महिला तथा बालिकामाथि हिंसाका घटना बढे

काठमाडौं । गत महिना मुलुकभर १६५ महिला तथा बालिकामाथि हुने हिंसाका घटनालाई अभिलेखीकरण गरिएको छ । ओरेक संस्थाले मनोपरामर्शकर्ता एवं हटलाइनमार्फत १३० र विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त ३५ वटा घटनाको अभिलेखीकरण गरेको हो ।

भदौ महिनामा मात्रै ८९ घरेलु हिंसाका घटना ४२ वटा बलात्कारको घटना भएका पाइन्छ । बलात्कारका घटनामध्ये १० वटा सामूहिक बलात्कारको घटना रहेका छन् । त्यसैगरी १६ वटा सामाजिक हिंसाजन्य, छ वटा हत्या, चार वटा यौन दुव्र्यवहार, चार वटा मानव बेचबिखन र दुईवटा हत्या प्रयासका घटना रहेका छन् । यो अवधिमा एक आत्महत्याको घटना र एक किशोरीमाथि विद्युतीय माध्यमबाट गलत परिचय बनाएर मानसिक हिंसा भएकोे तथ्याङ्क सङ्कलन भएको छ ।

उमेरको आधारमा विश्लेषण गर्दा भदौ महिनामा सबैभन्दा धेरै ५८ जना ९३५ प्रतिशत० १७ देखि २५ वर्ष उमेर समूहका युवती रहेका छन् । यसका आधारमा किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ । यसैगरी ४४ जना २६ देखि ३५ वर्ष उमेर समूह, ३२ जना १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी र २५ जना ३६ देखि ४५ वर्ष उमेर समूहका महिलाहरु रहेको पाइएको छ । चार जना ४६ देखि ५५ वर्ष उमेर समूहका महिला र दुई जना ५६ वर्षभन्दा माथिका उमेर समूहका प्रभावित रहेका छन् ।

प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा सबैभन्दा बढी ७१ वटा ९४३ प्रतिशत० हिंसा श्रीमान्बाट भएको छ भने ३८ परिवारका सदस्य, २१ छिमेकी, १६ अन्य विभिन्न किसिमका व्यक्तिबाट घटना भएको पाइएको छ । आठ घटनामा आरोपित प्रेमी, पाँचवटा सेवा प्रदायक, तीन साथी, दुई शिक्षक र एक अविवाहित तर सँगै बसेको व्यक्तिबाट हिंसा भएको पाइएको छ ।

त्यस्तै हिंसामा संलग्न पीडकहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै ३६ देखि ४५ वर्ष उमेर समूहका ४५ जना छन् । त्यसपछि क्रमशः २६ देखि ३५ वर्ष उमेर समूहका ४५ जना, १७ देखि २५ उमेर समूहका २८ जना, ४६ दखि ५५ वर्ष उमेर समूहका ४६ र ५६ वर्षभन्दा माथिका आठ र १६ वर्षभन्दा कम उमेर समूहका सात जना हिंसामा संलग्न भएको तथ्याङ्क पाइएको छ ।– रासस

प्रतिक्रिया