पहिरोले माङसेबुङका दुई परिवार विस्थापित

इलाम । पहिरोका कारण इलामको माङसेबुङ गाउँपालिकाका दुई घरपरिवार विस्थापित भएका छन् । तीन दिनदेखि परेको लगातारको वर्षाका कारण पहिरोले घर जोखिममा परेपछि माङसेबुङ गाउँपालिका–१ सिम्लेटारका जगत नेपालको परिवार विस्थापित भएको हो । घरमुनि पहिरो जान थालेपछि उनको घर जोखिममा परेको हो ।

घर जोखिममा परेपछि नेपालको तीन जनाको परिवार अहिले छिमेकीको घरमा शरण लिएर बसेका छन् । बुधबार दिउँसो करिब एक बजेबाट सुरु भएको पहिरोले नेपालको घरको खम्बा र वालमा क्षति पु¥याएको छ ।  त्यस्तै सोही वडाका साङ्रेम टोलका जयकमार राईको परिवार पनि विस्थापित भएको छ । माथिबाट खसेको पहिरोले राईको घर पुरेको छ । पाँच जनाको परिवार लिएर राई पनि छिमेकमा शरण लिन पुगेको स्थानीय मणीकुमार लिम्बूले जानकारी दिए । वडाअध्यक्ष भक्तराज लिम्बूले शुक्रबार आवश्यक सर्जिमन मुचुल्का गरी गाउँपालिकाबाट राहतका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया