उपत्यकामा बढ्दै संक्रमण दर, थपिए ७५५ कोरोना संक्रमित

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ७ सय ५५ कोरोना संक्रमित थपिएका छन् । मुलुकभर १ हजार ४ सय ९७ संक्रमित थपिँदा काठमाडौंमा मात्र ६ सय ९ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थपिएका संक्रमितमध्ये २ सय ७९ जना महिला छन्। त्यस्तै भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया