राजस्थानको विजयी सुरुवात

दसवई । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।
मंगलबार भएको खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा राजस्थानले दिएको २१७ रनको बलियो लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र २०० रन बनायो ।

चेन्नईका लागि फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले १ चौका र ७ छक्काको सहयोगमा ७२ रन बनाए । त्यस्तै शेन वाटसनले ३३ रन बनाउँदा केदार जादबले २२ तथा महेन्द्र सिंह धोनीले २९ रनको योगदान गरे ।  बलिङतर्फ राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक तीन विकेट लिए । तयस्तै टोन करन, जोफ्रा आर्चर र स्रेयस गोपालले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रन बनायो । राजस्थानका लागि सञ्जु श्यामसन र स्टिभ स्मिथले अर्धशतकिय पारी खेले । ३२ बल खेलेका उनले १ चौका र ६ छक्काको सहयोगमा ७६ रन बनाए । ४७ बल खेलेका स्मितले ४ चौका र ४ छक्काको सहयोगमा ६९ रन बनाउन सफल भए ।  राजस्थानका लागि जोर्फा आर्चरले २७ रन बनाउँदा राहुल तेवतियाले १० रन बनाए । बलिङतर्फ चेन्नईका लागि श्याम करनले तीन विकेट लिए । त्यस्तै दीपक चहाल, लुङ्गी एन्गिडी र पिउस चाहोलाले एक–एक विकेट लिए ।

प्रतिक्रिया